राजनीति

सभामुखको चुनाव मैले जित्छुः कांग्रेस उम्मेदवार न्यौपाने

Banner

काठमाडौं,माघ ४-

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनुभएकी ईश्वरी न्यौपानेले आफू विजयी बन्ने दाबी गर्नुभएको छ ।

बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले आफ्ना लागि जित्ने आधारहरू भनेकै प्रतिनिधि सभाका सदस्य भएको बताउनुभयो । चुनाव अघिसम्म आफू नेपाली कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको सभामुखको रूपमा काम गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘म यो चुनावमा पक्कै जित्छु । मेरो जित्ने आधारहरू सांसदको मत हो । चुनावअघि म नेपाली कांग्रेसको नेता भए पनि सभामुखमा चुनाव भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थरूपमा रहेर सांसद र संसद्प्रति न्याय गरेर सकेसम्म राम्रोसँग चलाउँछु ।’

उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ । उहाँलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>