राजनीति

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ

Banner

रुपन्देही, माघ ४- 

लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराउनुभएको हो । शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताउनुभयो । उहाँले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताउनुभयो । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>