राजनीति

राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँः कांग्रेस प्रवक्ता महत

Banner

काठमाडौं,माघ ४-

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट अघि बढ्न खोजेको बताए।

उनले भने, ‘हामी समझदारीबाट अघि बढ्दा एक किसिमबाट प्रस्तुत हुन्छौँ। समझदारी नहुँदा अर्को किसिमबाट प्रस्तुत हुन्छौँ। हामी भूमिका शून्य भएर बस्दैनौँ।’ राष्ट्रपति र सभामुखको संस्था सबैको साझा भएकाले संविधानको रक्षा र कानुनमा केन्द्रित हुनुपर्ने पद भएकाले सबै दलहरूको समझदारीमा निष्कर्ष निस्कियोस् भन्ने चाहेको उनको भनाइ छ।

उनले भने, ‘प्रधानमन्त्रीले अन्तिम कुरा गर्छु भन्नुभएको छ। त्यसका लागि पनि हामी केही समय पर्खिन्छौँ। अन्य सहयोगी दलहरूसँग पनि सुझाव सल्लाह र सहकार्य गरेर टुंगो लगाउँछौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>