राजनीति
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
०

काठमाडौं, माघ ४–
कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवारबारे निर्णय लिन पदाधिकारी बैठक बोलाएका छन्। प्रमुख सचेतक रमेश लेखकका अनुसार सभापति देउवाले बुधबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाएका हुन्।
बैठकले सभामुखमा उम्मेदवारी दिने कि नदिने, अन्य दलको उम्मेदवारलाई समर्थन गर्ने कि नगर्ने, उम्मेदवार दिए कसलाई बनाउने भन्ने टुंगो लगाउने नेता लेखकले बताए। कांग्रेस र एकीकृत समाजवादीबीच सहमति गरेर सभामुखको एउटै उम्मेदवार बनाउने गरी संवाद अघि बढेको छ।
कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ। संसद् सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ। सभामुख चयनसम्बन्धी प्रस्तावमा बिहीबारको प्रतिनिधिसभा बैठकमा मत विभाजन हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























