राजनीति

शहरी विकास मन्त्री पाण्डेको पहिलो निर्णयः हरेक आधा घण्टामा झोलुंंगे पुल निर्माण गर्ने

Banner

काठमाडौं माघ ३-

शहरी विकास मन्त्री बिक्रम पाण्डेले पदभार ग्रहण गर्दै हरेक आधा घण्टामा झोलुंंगे पुल निर्माण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । नदी तर्नका लागि हरेक आधा घण्टामा झोलुंगे पुल निर्माण ३ वर्षभित्र गरिसक्ने निर्णमा हस्ताक्षर गरेका हुन् ।

मन्त्रालयले मन्त्री पाण्डेको पहिलो निर्णयका लागि दुईवटा फाइल तयार पारेको थियो । अर्को प्रस्ताव सातवटै प्रदेशको राजधानीको गुरुयोजना बनाउने सम्बन्धी थियो । तर पाण्डेले झोलुंगे पुलको प्रस्तावलाई आफ्नो पहिलो निर्णय बनाए ।

उनले पहिलो निर्णयमा हस्ताक्षर गर्दा पण्डितले मन्त्र वाचन गरेका थिए । हस्ताक्षर गर्ने क्रममा उनले मन्त्रीले हस्ताक्षर गर्ने तर काम नहुने त हुँदैन नि भनी प्रश्न गरेका थिए ।

पहिलो निर्णयमा हस्ताक्षर गरेपछि मन्त्री पाण्डेले यो मन्त्रालयको समस्या आफूलाई थाहा भएकाले काम गर्न सहज हुने बताए । उनले हुन नसकेको काम छिटो भन्दा छिटो अगाडि बढाउने र नयाँ योजना थप गर्दै लैजाने पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>