राजनीति

नेपाली कांग्रेसले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने

Banner

हेटौँडा, माघ ३-

प्रमुख प्रतिपक्षको रुपमा विश्वास गरिएको नेपाली कांग्रेसले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

दलको बैठकबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्ले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय भएको बताए । कांग्रेसले संघीय सरकारलाई पनि विश्वासको मत दिएको बताउँदै उनले सोही अनरुप आफूहरुले पनि निर्णय गरेको काफ्लेको भनाई रहेको छ ।

कांग्रेसले विश्वासको मत दिने भएपछि अब बागमती प्रदेश सरकारलाई थप सहज भएको छ । कांग्रेसको ३७ सहित एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकिकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदहरुले विश्वासको मत दिने भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>