राजनीति

एमालेबाट को-को बन्दैछन् मन्त्री ?

Banner

काठमाडौं,माघ ३-

नेकपा एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।

किरण साह राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको स्रोतले भन्यो । पर्साका राजकुमार गुप्ता पनि राज्यमन्त्रीको चर्चामा छन् । तर, उनको नाम पछिल्लो समय फौजदारी घटनामा जोडिएकाले यसैपटक मन्त्री हुने सम्भावना कम भएको एमाले स्रोतको दाबी छ ।

एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भइसकेका छन् । एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सत्तासाझेदार दलहरुबीच सहमति भएको छ । शपथ दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>