खेलकुद
छैठौं कञ्चन खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि शारदानगरलाई

चितवन, माघ ३–
चितवनको भरतपुर–२१ कन्चनवस्तीमा सम्पन्न छैठौ कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि केवाइसी शारदानगरले जितेको छ ।
सोमबार सम्पन्न अत्यन्तै प्रतिस्पार्धात्मक फाईनल खेलमा चितवनकै चर्चित टिमको नेतृत्व गर्दै आएका मन्जिल गुरुङ्गको कालिका टोललाई (२५–२०), (२२–२५), (२५–१८) र (२५–२१) को सेटमा पराजित गर्दै शारदानगरले उपाधि उचालेको हो । उपाधिसगै शारदानगरले नगद ५१ हजार रुपैयाँसहित ट्र्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेतामा कालिका टोलले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको संस्थाका अध्यक्ष दुर्गा प्रसाद सुबेदीले जानकारी दिए । त्यस्तै प्रतियोगिताको सेमिफाईनलिष्ट २ टिम काली बहादुर गण भरतपुर र अमृतचोक स्पोर्टस क्लवले ११–११ हजार रुपैयाँ प्राप्त गरे ।
कञ्चन समाजको चाहना, खेलकुद विकासको कामना’ भन्ने मूल नाराका साथ पौष २९ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका सांसद ठाकुर प्रसाद ढकाल, विशिष्ट अतिथिको रुपमा भरतपुर २१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङ्ग, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङ्ग लगाएत ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

























