घटना -दुर्घटना

उद्धारमा तीव्रता दिन सरकारलाई सभापति शेरबहादुर देउवाको आग्रह

Banner

१ माघ, काठमाडौं ।
नेपाली कांग्रेसले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

कांग्रेस सभापति देउवाले विज्ञप्ति निकाल्दै यती एयरलाइन्सको दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । देउवाले घटनामा परी निधन भएकाहरुका श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।

काठमाडौंबाट पोखराका लागि आज उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो । आइतबार पोखराका लागि उडेको उक्त विमानमा चालक दलका ४ जनासहित ६८ यात्रु सवार थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>