राजनीति

विद्यालयमै योग शिक्षा पढाउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, माघ १-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालयमै योग शिक्षा पढाउन आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताउनुभएको हो ।

उहाँले मानिसलाई मानसिक रूपले पनि तन्दुरूस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताउनुभयो। उहाँले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताउनुभयो।

भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। भौतिक रूपले सम्पन्न देशहरूमा धेरै डिप्रेसन र आत्महत्याका घटना भएको भन्दै मानसिक रूपमा पनि व्यक्तिलाई चुस्त राख्न योग आवश्यक रहेको उहाँले बताउनुभयो।

मानिसहरूको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उहाँले भनाइ छ। तस्बिर: प्रधानमन्त्री प्रचण्डको सचिवालय

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>