राजनीति
तत्काल सरकारमा जाने सम्भावना छैनः माधव नेपाल
०

काठमाडौं,पुस ३०-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तत्काल सरकारमा जाने सम्भावना नभएको बताएका छन् ।
पार्टीको रौतहट-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताए ।
उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे । परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ ।
उनले संसद् विघटन गरिन्छ की भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको जिकिर गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























