राजनीति

भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

Banner

काठमाडौँ, पुस ३०–

सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेमै स्पस्ट सहमति हुन सकेको छैन । केन्द्रसँगै प्रदेशका समते मन्त्रालयको भागवण्डा लगाउनेगरी प्याकेजसमै सहमति जुटाउने प्रयास भएपनि दलहरुबीच ठोस सहमति हुन बाँकी छ ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएको ३ दिन वित्न लाग्दा समेत दलहरुबीच ठोस सहमति नजुट्दा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने भनिए पनि असम्भव भएको हो । बुधबार र बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालय भागबण्डा, सभामुख र राष्ट्रपति लगायतका विषयमा छलफल भएपनि ठोस सहमति जुट्न सकेको थिएन ।

यता, प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि एमाले सशंकित बन्न पुगेको अवस्था छ । उसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुमा राजनीतिक स्थायित्व भन्दा पनि पनि दाउपेच र सत्ता गठबन्धन भत्काउने उदेश्य हुनसक्ने एमाले नेताहरुको बुझाई छ ।

एमाले माओवादी र रास्वपासहित सत्ता गठबन्धनमा सात राजनीतिक दल रहेका छन् । दलहरुबीच सरकारमा रहेकामध्ये सवै भन्दा ठुलो दल नेकपा एमालेलाई ९,माओवादी ५, रास्वपा ४, राप्रपा ३, जसपा २ र नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय लिनेगरी मोटो सहमति भएको नेताहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>