राजनीति
जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई छैनः नारायणकाजी
०

काठमाडौं, पुस २९
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताएका छन् । आज काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा सरकार लागिसकेको बताउँदै यस्तो भनेका हुन् ।
त्यस्तै सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने छ । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको भन्दै उनले घरबेटी वा दाजुभाइको नाममा कसैले उन्मुक्ति नपाउने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























