राजनीति

डायरीमा मन्त्रीको नाम बोकेर बालुवाटारमा ओली

Banner

काठमाडौं,पुस २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नोतर्फबट मन्त्री हुनेहरुको सूची बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा बसेका छन्। मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री प्रचण्डसँग नामवालीको अन्तिम टुंगो गर्न ओली बिहीबार दिउँसो बालुवाटार पुगेका हुन्। बिहीबार दिउँसो ३ बजेका लागि तय भएको सत्ता साझेदार दलको बैठकअघि आफ्नो पार्टीकोतर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा पठाउने नाम र मन्त्रालय टुंगो लगाउन ओली वान टु वान बसेका हुन्।

बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड गोरखाबाट फर्किएर ओलीलाई भेट्न बालकोट पुगेका थिए। त्यहाँ पनि दुई नेताबीच मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>