राजनीति
एकताका लागि जसपा र एकीकृत समाजवादीबीच वार्ता हुँदै
०

काठमाडौं, पुस २८-
जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ । कार्यदलका सदस्य प्रकाश ज्वालाका अनुसार एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको हो ।
नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























