राजनीति
विश्वासको मत पाएपछि प्रधानमन्त्रीले भनेः कांग्रेसलाई केही दिने सहमति भएको छैन
०

काठमाडौं,पुस २६-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको बदलामा नेपाली कांग्रेसलाई केही दिने सहमति नभएको बताएका छन्। प्रतिनिधि सभामा मंगलबार विश्वासको मत पाएपछि संसदबाट निस्कन बेला प्रचण्डले आज पाएको विश्वासको मतले जिम्मेवारी थपिएको बताए।
प्रधानमन्त्री प्रचण्डलाई २६८ जना सांसदले विश्वासको मत दिएका छन्। आजको बैठकमा २७० सांसद उपस्थित थिए। नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको बदलामा कांग्रेसलाई केही दिने सहमति नभएको बताएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























