चितवन विशेष
संसदबाट सम्बोधन गर्दै रवि लामिछानेले दिए चितवन २ का मतदातालाई विशेष धन्यवाद
०

चितवन, पुस २५–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदबाटै चितवन क्षेत्र नं.२ का मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
आजदेखि सुरु भएको संसदको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले नेपालभरबाट नै सबैभन्दा धेरै मतान्तरले जित दिलाउन सफल भएको भन्दै आफ्नो क्षेत्रका मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् । ‘हामीलाई छोटो समयमै संसद भवन प्रवेश गराउनुहुने सम्पूर्ण मतदाताहरुप्रति विशेष आभार प्रकट गर्दछु । मलाई भारी मतान्तरले विजयी गराउनु हुने मतदाताहरुप्रति यही संसदबाट पुनः धन्यवाद दिन चाहन्छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























