राजनीति

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

०
Banner

काठमाडौँ, पुस २२–

सत्ता साझेदार दलहरूले आज सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै छ। कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले बताए। विहीबार सरकारको साझा कार्यक्रम मस्यौदालाई अन्तिम रूप दिने भनिएको थियो।

विहीबार मस्यौदालाई अन्तिम रूप दिन नसकेपछि आज पुन बैठक बस्न लागेको पाण्डेले बताए। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>