राजनीति

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने एकीकृत समाजवादीको तयारी

Banner

काठमाडौं, पुस १९-

नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ। मंगलबार बसेको पोलिट ब्युरो बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले औपचारिक रूपमा प्रस्ताव आए सरकारलाई समर्थन गर्ने बताए। यद्यपि बैठकले यसबारेको जिम्मेवारी सचिवालयलाई दिएको छ।

बैठकमा सहभागी एक नेताले आफूहरूले सरकारलाई समर्थन गर्ने तयारी गरेको बताए। बार्गेनिङ केही कुरामा होला। तर सरकारलाई समर्थन दिने हाम्रो तयारी नै छ, ती नेताले भने, सरकारले नै समर्थन मागेन भने त के लाग्यो र ! तर समर्थन मागे हामी दिन्छौं।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>