राजनीति

राजनीतिमा ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिनुपर्छः ओली

Banner

काठमाडौं,पुस १७-

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिएर आउट गर्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेललगायत सबै क्षेत्रमा अनुशासनको आवश्यकता औँल्याए । फउल गरे राजनीतिमा समेत ‘रेड कार्ड’ दिनुपर्ने उनको भनाइ छ ।

अनुशासन र नियममा चल्न नसके केही पनि रहन नसक्ने उनले उल्लेख गरे । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफूले सरकारसँग आग्रह गर्ने उनले । नयाँ खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>