Uncategorized
माधवकुमार नेपाललाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आएको छैन: उपमहासचिव जगन्नाथ खतिवडा
०

काठमाण्डौ,पुस १६–
नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको स्पष्ट पार्नुभएको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारिक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताउनु भयो ।
उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुचि वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताउनु भयो । उहाँले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पनि बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























