राजनीति
सरकारमा जाने कि नजाने विषयको छलफल पोलिटब्यूरो बैठकसम्म जानसक्ने छ: उपमहासचिव खतिवडा
०

काठमाडौं, पुस १६-
नेकपा एकीकृत समाजवदीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा जाने कि नजाने विषयको छलफल पार्टीको पोलिटब्यूरो बैठकसम्म जानसक्ने बताएका छन् ।
पार्टी कार्यालय, आलोकनगरमा शनिबार बसेको पार्टी स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै उपमहासचिवसमेत रहेका खतिवडाले स्थायी कमिटी सदस्यहरुले आफ्नो विचारबारे राखिरहेको बताए ।
भोलिसम्म बैठक चल्न सक्ने भन्दै उनले भने, ‘सरकार गठन गर्दा पुरानो गठबन्धन क(कसका कारण तोडियो र नयाँ सरकारबारे हाम्रो धारणा के हुनुपर्छ भनेर धारणा आइरहेको छ । सरकारमा जाने वा नजाने विषयमा पोलिटब्यूरोमा पुगेर टुंगो गर्ने स्थिति पनि हुनसक्छ ।’
एमालेको एकताबारे सोधिएको प्रश्नमा खतिवडाले कुनै पनि एकता गर्ने प्रस्ताव नगरेको र त्यसमा आफूहरुको रुची नभएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























