राजनीति

एकीकृत समाजवादीले सरकारमा जाने वा नजाने आज टुंगो लगाउने

Banner

काठमाडौं,पुस १६-

सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन नेकपा एकीकृत समाजवादीको शनिबार स्थायी समितिको बैठक बस्दैछ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले निर्वाचनमा प्राप्त परिणामको समीक्षा र विकसितराजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्नेछ।

यस्तै आगामी रणनीति तथा कार्ययोजना र पार्टीले सरकारमा सहभागी हुने वा नहुने तथा सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टीले पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टी निकट संगठन र शुभेच्छुकसँग सुझाव लिएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>