राजनीति
यो गठबन्धन लामो समय टिक्दैनः रामचन्द्र पौडेल
०

डुम्रे,पुस १५-
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा आज आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उनले भने, “भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन । अहिले जति तडकभडक गरिए पनि दीर्घकालका लागि यो गठबन्धन टिक्दैन ।”
मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न सदैव लडिरहने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























