चितवन विशेष
प्रधानमन्त्री भएपछि पहिलो पटक आज गृहजिल्ला चितवन आउँदै प्रचण्ड
०

चितवन, पुस १६–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला चितवन आउँदै छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आज चितवन आउन लागेका हुन् । उनी गोरखा–२ बाट निर्वाचित भएपनि उनको गृहजिल्ला चितवन हो ।
नारायणी नमुना माविको हिरक महोत्सवको उद्घाटन गर्न उनी गृहजिल्ला आउन लागेका हुन् । बुद्ध एयरको ८ः२० बजेको फ्लाइटमा चितवन आउने बताइएको छ । नारायणी नमुना माविमा ११ बजे हिरक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























