राजनीति

किसानले मल पाएका छैनन्, सरकार मोबाइल सेटमा अल्झिएको छः गोकुल बास्कोटा

Banner

काठमाडौँ, पुस १६–
नेकपा एमालेका नेता गोकुल बास्कोटाले किसानहरु मल नपाएर सास्ती बेहोरेको अवस्थामा सरकार मोबाइल सेटमा अल्झिएको भन्दै असन्तुष्टि जनाएका छन्।

मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनलाई संकेत गर्दै बास्कोटाले सरकारको काम कारबाहीप्रति प्रश्न उठाएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झे जस्तो छ। एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो, कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था गरेको छैन। त्यो सरकारको कुरा हो। मल चाहियो मल किसानलाई, त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>