राजनीति
प्रधानमन्त्री प्रचण्डलाई भारतीय राजदूतले भेटे,हस्तान्तरण गरे मोदीले पठाएको बधाई पत्र

तस्बिर: प्रधानमन्त्रीको सचिवालय
काठमाडौं, पुस १५-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री प्रचण्ड र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको जानकारी दिएको छ।
भेटवार्ताका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनु भएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्रीज्यु समक्ष हस्तान्तरण गर्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
भेटवार्ताभा नेपाल-भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल पनि भएको थियो।



























