राजनीति

प्रदेश खारेजीको एजेण्डा बोकेको राप्रपाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी

Banner

हेटौंडा, पुस १५–

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि बागमतीमा सरकार गठनका लागि नयाँ विकल्प देखिएका छन् । बागमती प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ ।

हालको अवस्थामा यस प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ । सोहीअनुसार बागमती प्रदेश सरकारको नेतृत्वमा राप्रपाले दाबी गरेको छ । प्रदेश संरचना खारेजीको विषयलाई राप्रपाले आफ्नो चुनावी एजेन्डामा समेत समावेश गरे पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।

पछिल्लो समय केन्द्रीयस्तरमा सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा सरकार गठनमा राप्रपा निर्णायक शक्ति बनेको हो । प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएकाले पनि सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए ।

‘राप्रपा सत्ता गठनको लागि निर्णायक शक्ति हो । त्यसैले प्रदेश सरकारको नेतृत्वमा हाम्रो स्वाभाविक दाबी रहन्छ,’ उनले भने, ‘हामी केन्द्रीय सरकारमा सहभागी हुने भनेका छौं । केन्द्रमा भागबन्डा अनुसारको पदहरुमा लिएर सरकारमा जान्छौं । सोहीअनुसार प्रदेशमा पनि हुन्छौं । तर, मुख्यमन्त्री हाम्रो हुनुपर्छ ।’

थापाका अनुसार सरकारको नेतृत्व गर्ने विषयमा केन्द्रदेखि प्रदेश तहसम्म गठबन्धनमा छलफल भइरहेको छ । अन्य प्रदेशमध्ये बागमतीमा सांसदको संख्या बढी भएका कारण आफ्नो पार्टीले नेतृत्व लिने सम्भावना प्रवल रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>