राजनीति

माधव नेपाललाई राष्ट्रपति बनाउन अष्टलक्ष्मी शाक्य सहमत

Banner

हेटौंडा, पुस १५–

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा आफू सहमत रहेको बताएकी छन्।

हेटौंडामा बिहीबार बागमती प्रदेशसभा सदस्यको शपथ ग्रहणपश्चात सञ्चारकर्मीहरूसँग शाक्यले मिल्छु भनेर आएको खण्डमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन आफू सहमत रहेको बताएकी हुन्। नेपाललाई पार्टीमा आउनुपर्छ भनेर आफूले पटक पटक भनेको उनले बताइन्।

शाक्यले भनिन्‚ ‘पार्टी फुटेकै कारण ठूलो क्षति बेहोर्नु पर्‍यो। एमालेको बहुमत आउनुपर्ने तरआउन सकेन। देशले एमाले बलियो भएको देख्न चाहेको छ। त्यसैले माधव नेपाल मिल्छु भनेर आउनुभयो भने नाइँ भन्न सकिँदैन।’

तपाईं राष्ट्रपतिको सम्भावित व्यक्ति भन्ने कुरा आइरहेको छ नि भन्ने प्रश्नमा उनले यस विषयमा पार्टीमा कुनै छलफल नभएको भन्दै बाहिर प्रचारको विषय मात्रै बनेको बताइन्। उनले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख को बन्ने भन्ने विषयमा संस्थागत रुपमा पार्टीले निर्णय नगरी व्यक्तिको चाहनाले केही नहुने बताइन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>