राजनीति
गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता
०

काठमाडौं,पुस १४-
गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।
निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार यो तथ्यांक केन्द्रको मात्र हो । सबै जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्छ । यो केन्द्रको तथ्यांक मात्र हो । सबै जिल्लामा पनि भनेकाले संख्या अझै बढी हुन सक्छ । जिल्लाको अपडेट आएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























