राजनीति
खुमलटार पुगेर प्रचण्डलाई गठबन्धन नछोड्न रामचन्द्र पौडेलको आग्रह
०

काठमाडौँ, पुस ९-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका नेता पौडेलले सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका छन् ।
उनीनिकट एक नेताले दिएको जानकारी अनुसार प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेका छन् । तर पौडेलले भने पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























