राजनीति

स्थायित्वका लागि एमाले–कांग्रेसको सरकार आवश्यक : सूर्य थापा

Banner

काठमाडौं, पुस ८–

नेकपा (एमाले)का सांसद सूर्य थापाले राजनीतिक स्थायीत्वका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क थियो।

सरकार कसको पक्षमा बन्छ भन्ने कुरा भन्न मुस्किल रहेको बताउँदै उनले कांग्रेस र एमाले मिलेर अगाडि जाँदा दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुने बताए । सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरू अघि बढनुपर्ने धारणासमेत राखे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>