राजनीति

नागरिकता विधेयक फेरि संसद्‌मा आए विपक्षमा मत हाल्छुः गगन थापा

Banner

काठमाडौं,पुस ७-

कांग्रेस महामन्त्री गगन थापाले संसद्बाट पारित भएर राष्ट्रपतिकोमा अड्किएर बसेको नागरिकता विधेयक फेरि संसद्‌मा आए आफूले विपक्षमा मत हाल्ने बताएका छन् । बिहीबार शपथ लिन संसद्‌मा आएका उनले पत्रकारहरूसँग कुरा गर्दै सो विधेयको विपक्षमा मत हाल्ने बताएका हुन् । उनले सांसदहरूको भूमिका विकासे कार्यकर्ताजस्तो भएको भन्दै अब त्यो परिवर्तन हुनुपर्ने बताएका छन् । उनले चैत लागेपछि सांसदहरू फाइल बोकेर विकास माग्न जाने चलन रहेको भन्दै उनले अब त्यो परिवर्तन हुनुपर्ने बताए ।

उनले संघीयता कार्यान्वयनमा पनि कानुनी व्यवस्था बलियो हुनुपर्ने बताएका छन् । संघीयता कार्यान्वयन हुन नसकेको भन्दै उनले ऐनहरू बनाउन आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>