समाज

निसीखोला गाउँपालिका अध्यक्ष घर्ती लागुऔषध मुद्दामा दोषी ठहर

Banner

 बागलुङ, पुस ५ –

बागलुङको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती लागुऔषध मुद्दामा दोषी दोषी ठहर भएका छन् ।

निसीखोला गाउँपालिका-६ को वडाअध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ३ पुस ०७९ मा ठहर भएको हो ।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेस-नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>