अन्तर्राष्ट्रिय

तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको हत्यासम्बन्धी हजारौँ फाइल सार्वजनिक

Banner

एजेन्सी, पुस १- 

तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी अनुसन्धानका हजारौँ फाइल सार्वजनिक गरिएको छ ।

ह्वाइट हाउसको आ १३ हजार १ सय ७३ वटा फाइल सार्वजनिक गरिएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा टेक्सासको भ्रमणका क्रममा गोली हानी हत्या गरिएको थियो।

विश्वका रहस्यमय घटनाहरु मध्येमा पर्ने यो घटना भएको झण्डै ६० वर्षपछि अमेरिकी सरकारले अनुसन्धानका थप रिपोर्टहरु सार्वजनिक गर्ने निर्णय गरेको हो । यसअघि १६ हजार फाइल सार्वजनिक भइसकेकाले अब तीन प्रतिशत रिपोर्ट मात्रै गोप्य राखेको ह्वाइट हाउसलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो फाइल सार्वजनिक गर्न आदेश दिनुभएको थियो । तर केही फाइलहरु भने विशेष कारणले अर्को वर्षसम्म गोप्य राखिने उहाँको भनाइ छ । सार्वजनिक गरिएका रिपोर्टहरुमा पनि खास नयाँ कुरा रहेको छैन ।

सन् १९६४ मा वारेन आयोगले पहिले सोभियत युनियनमा बसेका अमेरिकी नागरिक ली हार्वे ओस्लाल्डले केनेडीको हत्या गरेको रिपोर्ट दिएको थियो । हत्या लगत्तै पक्राउ परेका उनको केनेडी हत्याको दुई दिनपछि हत्या भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>