देश/प्रदेश

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

Banner

काठमाडौँ, मंसिर २५-

काठमाडौँमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वीबहादुर नगरपालिका–५ घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको ज्यान गएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर घाइते बनाएको थियो । उहाँको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>