अर्थ

भारु २ करोड ६० लाखमा सार्वजनिक भयो बिएमडब्लुको ‘एक्सएमु’ एसयुभी

Banner

मुम्बई, मंसिर २५

भारतीय बजारमा बिएमडब्लुको नयाँ एसयुभी सार्वजनिक भएको हो। कम्पनीले भारु दुई करोड ६० लाखमा नयाँ ुएक्सएमु एसयुभी सार्वजनिक गरेको हो। एक्सएममा बिएमडब्लुको प्लग(इन हाइब्रिड पावरट्रेन भएको पहिलो ुएमु मोडल हो। यसमा इलेक्ट्रिक मोटरसहितको ४।४ लिटर ट्विन टर्बो भी-८ इन्जिन जडित छ। यसले ६५३ एचपी पावर र ८०० एनएम टर्क जेनेरेट गर्छ। नयाँ एसयुभीमा ८ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ।

हाइब्रिड मोडलको एक्सएममा २५.७ केडब्लुएचको ब्याट्री प्याक छ। विद्युतीय मोडले चलाउँदा गाडीले एक पटकको पूरा चार्जमा ४८ किलोमिटरको माइलेज दिने बताइएको छ। उक्त ब्याट्री प्याक चार्ज हुन भने तीन घण्टा लाग्छ। हाइब्रिड विद्युतीय गाडीको ब्याट्री प्लग(इन तरिकाले चार्ज भने हुँदैन। यो इन्टर्नल कम्बस्टन इन्जिनमार्फत चार्ज हुन्छ।

यसबाहेक कम्पनीले एक्सएमको शक्तिशाली संस्करण पनि उत्पादन गर्ने बताएको छ। कम्पनीले उक्त एसयुभीको नाम ुरेड लेभलु राख्ने बताएको छ। यो सन् २०२३ को सेप्टेम्बरमा सार्वजनिक हुने अनुमान छ। उक्त मोडलले ७४८ एचपी पावर र १००० एनएम टर्क जेनेरेट गर्नेछ।

बिएमडब्लु एक्सएम जम्मा ४.३ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्छ। गाडीको टप स्पीड २७० किलोमिटर प्रति घण्टासम्मको हुन सक्ने कम्पनीको भनाइ छ।

नयाँ एक्सएम मोडलको बाहिरी आवरण र आन्तरिक विशेषताहरू पनि ग्राहक(मैत्री रहेको भारतीय अटो अखबार अटोकारमा उल्लेख छ। यसमा स्प्लिट हेडल्याम्प पाउन सकिन्छ भने २१ इन्चको टायर दिइएको छ। ग्राहकहरूले आफ्नो रोजाई अनुसार २२ इन्च वा २३ इन्चको टायर पनि हाल्न सक्छन्।गाडीमा १२.३ इन्चको डिजिटल इन्सट्रुमेन्ट क्लस्टर दिइएको छ। यसमा पुरै एलइडी हेडलाइट र टेललाइट पाउन सकिन्छ।

भारतीय बजारमा सार्वजनिक बिएमडब्लु एक्सएमले बजारमा उपलब्ध ल्याम्बर्गिनी उरुस पर्फमेट, अस्टन मार्टिन डिबिएक्स ७०७, पोर्से क्यानी टर्बो जिटी र बेन्टलीको बेन्टाग्या स्पीडसँग प्रतिस्पर्धा गर्नेछ।

बिएमडब्लुले एक्सएमसँगै फेसलिफ्टसहितको नयाँ एम३४० आई र एस१०००आरआर सुपर बाइक पनि सार्वजनिक गरेको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>