राजनीति

सार्वभौम संसद केही नेताको कब्जामा छ : चन्द्र भण्डारी

Banner

काठमाडौँ, मंसिर २५–

नेपाली कांग्रेसका नेता एवम् सांसद डा चन्द्र भण्डारीले सार्वभौम संसद केही नेताको कब्जामा रहेको बताएका छन् । काठमाडौंमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा भण्डारीले जनताले चयन गरी पठाएका प्रतिनिधिहरु स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न सक्ने अवस्था नरहेको बताए ।

नेता भण्डारीले भने, ‘‘ जनताले चुनेर पठाएका प्रतिनिधिले स्वतन्त्र, निष्पक्ष र जनताको पक्षमा चाहेर पनि गर्न सक्ने अवस्था छैन । सार्वभौम संसद केही नेताको कब्जामा छ ।’’ उनले संसारमा सबैभन्दा बलियो र सार्वभौम संसद रहने गरेको दृष्टान्त दिँदै नेपालमा भने सार्वभौम संसद भन्दा केही नेता बलिया हुनु र उनको कब्जामा रहेको बताए ।

मुलुकमा बेथिति र भ्रष्टाचार मौलाउनुको प्रमुख कारण राज्य संयन्त्र भन्दा केही नेता र व्यक्ति बलिया रहेको बताउँदै उनले यस्तो बेथिति र वेविचार युवाहरुले टुलुटुलु हेरेर बस्न नहुने बताए । साथै उनले बेथिति र विसंगति विरुद्ध विद्रोह गर्न सक्ने सामथ्र्य युवामा हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>