राजनीति

एकनाथ ढकाल बने एमालेको समानुपातिक सांसद

Banner

काठमाडौं,मंसिर २४-

विवादास्पद छविका इसाई धर्म प्रचारक एकनाथ ढकाललाई एमालेले समानुपातिक सांसद बनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसको सचिवालय बैठकले ढकालसहित ३४ जनाको नाम टुंगाएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए। एमालेले निर्वाचन आयोगलाई पठाएको बन्दसूचीमा ढकालको नाम खस आर्य क्लस्टरको दोस्रो नम्बरमा थियो। पहिलो नम्बरमा रघुजी पन्त छन् ।

एमालेले सांसद बनाएको ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् । सो पार्टीको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट उनी अध्यक्षमा तेस्रो पटक निर्विरोध निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>