राजनीति

जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु; सिंह

Banner

काठमाडौं मंसिर २४-

कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित संसदहरूको पहिलो चुनौती भएको बताउनुभएको छ। काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेको बताउनुभयो।

उहाँले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाब सदैव आवश्यक रहेको पनि बताउनुभयो। सिंहले अहिले नेपालको राजनीतिमा आएको परिवर्तनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिवर्तनलाई सफल बनाउन लागि पर्ने दाबी गर्नुभयो। यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वास गरेको प्रति गम्भीर रहेको र अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>