राजनीति
समानुपातिकमा दलित र मुस्लिमलाई प्राथमिकता दिनुपर्छः अर्जुननरसिंह केसी

काठमाडौं,मंसिर २४–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले समानुपातिक सांसद चयन गर्दा पार्टीले दलित र मुस्लिमलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। समानुपातिक सांसद चयन गर्न पार्टी कार्यालयमा बस्दै गरेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेका उहाले यस्तो बताउँनुभएको होे ।
‘जुनजुन समुदायको एकएक नम्बर भनिएको छ। निर्वाचन आयोगको निर्देशन अनुसार त्यसलाई परिवर्तन सक्न सक्ने स्थिति छैन। तर एक नम्बर क्लस्टरलाई प्रतिनिधित्व गर्दा पनि, जस्तो देशव्यापी रुपमा दलितहरुलाई पनि उम्मेदवार बनाउन सकेनौँ। मुस्लिमहरू पनि उम्मेदवार हुन सक्नुभएन। त्यसैले यसलाई प्राथमिकतापूर्ण ढंगले अगाडि बढाउनुपर्छ’,उहाँले भन्नुभयो ।
केसीले ती समुदायको प्रतिनिधित्व हुन नसक्ने हो भने समावेशी संरचनाको जुन उद्देश्य हो, त्यसले विभिन्न समुदायमा पर्ने राजनीतिक असर र प्रभावबाट पार्टीलाई ठूलो घाटा हुने चेतावनी दिनुभयो।
निर्वाचन आयोगले शनिबार ४ बजेसम्म समानुपातिक सांसदको सूची पेश गर्न दलहरूलाई भनेको छ। सोहीअनुसार कांग्रेस लगायतका दलहरूको बैठक आह्वान गरिएका छन्।


























