राजनीति

बालेन्द्रलाई बाबुरामको चेतावनीः प्रहरी लगाएर गरिब लखेट्ने काम जारी राखे विस्फोट हुन्छ

Banner

काठमाडौँ, मंसिर २४-

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रहरी लगाएर गरिब लखेट्ने काम जारी राखे विस्फोट हुने चेतावनी दिएका छन् ।

सार्वजनिक क्षेत्र खाली गर्ने नाममा बल प्रयोग गरी बिना विकल्प गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने चेतावनी दिएका हुन्।

काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटिरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुनः स्थापना यसको समाधान भएको सुझाव दिएका छन्। लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उनले दिएका छन्।

त्यस्तै मेयर शाहले काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रको खोजी गर्दै अतिक्रमण भए हटाउने अभियान सञ्चालन गरिरहेको छन् । यस क्रममा सबैभन्दा मारमा फुटपाथ व्यवसायी परेका हुन्।

डा.बाबुरामको स्टाटस

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>