राजनीति

कार्यसम्पादन बैठकको पूर्वसन्ध्यामा देउवा र कोइरालाबीच बालुवाटारमा वार्ता

Banner

 काठमाडौँ, मंसिर २४-

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
देउवा र कोइरालाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। कांग्रेसले आज दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो। तर अरिुन्त समयमा बैठक सारेर बिहान साढे ९ बजेका लागि बोलाइएको थियो।

निर्वाचन आयोगमा समानुपातिक सांसदहरुको सूची बुझाउने आज अन्तिम दिन हो। राजनीतिक दलहरुले समानुपातिक सांसदको सूची टुंगो लगाउन आज बैठकहरु बोलाएको छ।

अहिले पार्टी केन्द्रीय कार्यालय सोनपामा बैठक जारी छ। मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुन परेपछि कार्यसम्पादन बैठक अघि सारिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>