राजनीति

एमाले सचिवालय बैठक स्थगित

Banner

काठमाडौं, मंसिर २३-

आजका लागि तय भएको नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखिएको थियो।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्न लागिएको हो। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। तीन दिनभित्र नाम पठाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>