राजनीति

स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : गच्छदार

Banner

विराटनगर, मंसिर २३–

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको जनादेशले देश अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता लागेको भन्दै दुई ठूला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए ।

‘मेरो ५० वर्ष लामो राजनीतिक इतिहासमा जे कुरा देखिरहेको छु, म त्यति सन्तुष्ट छैन,’ गच्छदारले भने, ‘हामी धेरै चुकेका छौँ, त्यसकारण नेपाल धेरै अलमलियो, अहिले पनि राजनीतिक स्थिरता आउँदैन कि भन्ने चिन्ता लागेको छ ।’

उनले अहिलेको ५ दलीय गठबन्धन मिलेर चुनावमा जाँदा पनि बहुमत ल्याउन नसकेको बताए । ‘अहिले पनि कांग्रेसको नेतृत्वमा गठबन्धनबाट सरकार बन्न त सक्ला तर, अस्थिरता हुने हो कि भन्ने चिन्ता छ । त्यसो हुँदा संविधान र व्यवस्था कमजोर हुनसक्छ,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>