राजनीति

जसरी भएपनि समानुपातिक सांसद बनाइदिनू भन्दै प्रचण्ड निवास आउनेको घुइँचो

Banner

काठमाडौँ, मंसिर २२

सांसदमा राख्न अनुरोध गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार आउनेहरुको घुइँचो लाग्न सुरुभएको छ। पार्टीले समानुपातिकतर्फ १४ जना मात्रै पठाउन सक्ने भएपनि खुमलटार आउनेको संख्या बढ्न थालेको हो ।

सयौं नम्बरमा रहेकाहरू पनि सांसद बनाइदिन पर्‍यो भन्दै आएका छन्,’ स्रोतले भन्यो, ‘आयोगको सूचीमा भएको क्रम अनुसार हुन्छ भन्दापनि कुनै उपायबाट बन्नपर्‍यो भन्छन्। आफ्ना क्षेत्रमा अन्तरघात गर्नेहरूसमेत खुमलटार आउँछन्।’

त्यस्तै माओवादी केन्द्रले समानुपातिकतर्फ पाएका १४ सिटमध्ये ११ जना महिला पठाउनु पर्नेछ। अहिले राष्ट्रिय सभामा माओवादीका १४ जना सांसद छन्। तीमध्ये ३ जना महिला छन्।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रबाट १८ जना निर्वाचित हुँदा दाङ २ बाट रेखा शर्मा निर्वाचित भएकी छन्। यसरी अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभा माओवादी केन्द्रका ४ जना महिला सांसद हुने भएका छन्।

सबै सिट गरेर संघीय संसदमा ४६ सिट पाउने माओवादीले ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकबाट धेरै महिला पठाउनु पर्ने देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>