देश/प्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन

Banner

काठमाडौँ, मंसिर २२-

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ।

रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो। तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको हो।

निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। दलहरूले बन्द सूचीमा पेश गरेका नामहरू नै कलस्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ।

खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।

प्राइमरी इलेक्सनमा भोट कम ल्याएका तर चुनावमा नेतासँगै हिँड्ने र केही केन्द्रीय सदस्यलाई समानुपातिक सांसद बनाउन पार्टीले चलखेल गरेको समानुपातिक सांसद सूचीमा रहेका एक उम्मेदवारले दाबी गरे।

‘प्राइमरी इलेक्सन र बन्द सूचीमा बुझाइएका नामको क्रमअनुसार सांसद चयन हुनुपर्छ। प्राइमरी इलेक्सनमा कम भोट ल्याउनेहरूलाई पनि सांसद बनाउने हो भने जनतालाई प्राइमरी इलेक्सनको नाममा झुक्याउने काम किन गरियोरु’ ती उम्मेदवारले प्रश्न गरे।

रास्वपाको समानुपातिक सांसद छनौट गर्दा विधि पद्धति र सिद्धान्त मिच्न खोजेकोले खबरदारी गर्न आज बिहान ११ बजेपछि पार्टी कार्यालयमा खबरदारी सभा गर्न लागिएको थियो ।

.

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>