देश/प्रदेश
कुलमानलाई भेटेर प्रदीप पौडेलले भने- घरको धुरीबाट गएका बिजुलीको नाङ्गो तार व्यवस्थापन गर्नु पर्यो

काठमाडौँ, मंसिर २२-
काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङलाई भेटेका छन् । भेटमा पौडेलले काठमाडौँ उपत्यकामा भएका बिजुलीका नाङ्गा तार व्यवस्थापन गर्न आग्रह गरेका छन्।
पौडेलले प्रमुख घिसिङलाई काठमाडौं क्षेत्र नम्बर ५ सहित काठमाडौं उपत्यकाभित्र चुनावका बेला घरदैलोमा पुग्दा बिजुलीका नाङ्गा तारले समस्या निम्त्याएको जनगुनासो सुनेको बताएका थिए ।
‘सडकमा रहेका पोललाई छिटो व्यवस्थापन गरेर बिजुलीका तार भूमिगत गर्नुपर्छ,’ पौडेलले भने, ‘बिजुलीका नाङ्गा तारलाई छिटो हटाउनुपर्यो, नत्र भोलिको दिनमा यसले ठुलो समस्या निमत्याउन सक्छ।’
त्यस्तै चुनावमा काठमाडौं ५ का स्थानीयले घरको धुरीबाट बिजुलीको नाङ्गो तार गएकोले बालबालिकाले छुनसक्ने भन्दै पौडेलसँग त्यस्ता नाङ्गो तार व्यवस्थापन गरिदिन माग गरेका थिए।

























