देश/प्रदेश

उजुरी दिन प्रहरी कार्यालयमै पुगेका पत्रकार समूहमाथि कांग्रेस कार्यकर्ताको आक्रमण, स्थिति तनावग्रस्त

Banner

मकवानपुर, मंसिर १९-

पत्रकारमाथी कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर उजुरी दिन लागेको पत्रकारको समूहमाथि कांग्रेस र भ्रातृ संगठनका कार्यकर्ताले आक्रमण गर्न खोजेका छन् ।

उनीहरु दोषीलाई कारबाहीको माग गर्दै उजुरी दिन पुग्दा कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमै आक्रमण गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो ।

नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै कांग्रेस कार्यकर्ताले गएराति एक होटलमा रमेश बञ्जरा (इन्द्र) र रामकुमार एलनमाथि कुटपिट गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>