देश/प्रदेश
महानगरले दिएको जाहेरी फिर्ता लिन माग गदै सुकुम्बासीको प्रश्नः उठिबासको त्रास कहिलेसम्म ?
०

काठमाडौँ, मंसिर १९-
काठमाडौंमा आज सुकुम्बासीले विरोधमा प्रदर्शन गरेका छ । सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी सुकुम्बासीको प्रश्न हाम्रीलाई उठिबासको त्रास कहिलेसम्म ? जिल्ला भूमि आयोगको कामलाई तिब्र पारियोस् जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
त्यस्तै उनीहरुले प्रदर्शन थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी पनि फिर्ता लिन माग गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























